पार्टीलाई एकता चाहिएका बेला पुनर्गठनको बहस असान्दर्भिक : भानुभक्त ढकाल « Khabarhub

पार्टीलाई एकता चाहिएका बेला पुनर्गठनको बहस असान्दर्भिक : भानुभक्त ढकाल


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् ।

भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक प्रक्रिया हो। यो नियमित रूपमा हुन्छ पनि । तर अहिले जब पार्टीमाथि विभिन्न दिशाबाट आक्रमण भइरहेका छन्, त्यस्तो बेला पुनर्गठनको होइन, एकताको आवश्यकता छ।’

ढकालले एमाले पुनर्गठनका विषयहरू पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीजस्ता उचित फोरममा उठाउन सकिने बताउँदै अहिले त्यसबारे प्रचारबाजी गर्नु अनुचित रहेको उल्लेख गरे

उनले थपे, ‘भदौ २० देखि २२ गतेसम्म सम्पन्न दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमै अघि बढ्दै जेन–जी आन्दोलनले उठाएका सही एजेन्डाहरू पार्टीले आत्मसात् गर्नेछ’, उनले भने

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : ५५ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६