भारत-अस्ट्रेलिया सुरक्षा सहकार्य सुदृढ : सैन्य वार्ता र पनडुब्बी सहयोगसमेतको नयाँ सम्झौता | Khabarhub Khabarhub

भारत-अस्ट्रेलिया सुरक्षा सहकार्य सुदृढ : सैन्य वार्ता र पनडुब्बी सहयोगसमेतको नयाँ सम्झौता


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलिया र भारतबीच इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता कायम राख्ने उद्देश्यले बिहीबार नयाँ द्विपक्षीय सुरक्षा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुवै देशका रक्षामन्त्रीले हस्ताक्षर गरेका हुन् ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको सम्झौतालाई अस्ट्रेलियाले ‘इन्डो–प्यासिफिक स्थिरतालाई मजबुत बनाउने ऐतिहासिक कदम’ भनेर व्याख्या गरेको छ । सिंह सन् २०१३ पछि अस्ट्रेलिया भ्रमण गर्ने पहिलो भारतीय रक्षामन्त्री हुन्।

मार्लेसको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत र अस्ट्रेलिया शीर्ष–स्तरीय सुरक्षा साझेदार हुन् र हाम्रो रक्षा सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रको स्थिरतामा व्यावहारिक प्रभाव पार्दछ ।’

उक्त सम्झौताअनुसार दुवै देशका सेनाबीच संयुक्त कर्मचारी वार्ता गर्ने स्थायी संयन्त्र स्थापना हुनेछ, जसले पनडुब्बी उद्धारमा सहयोग पुर्‍याउनेछ । हस्ताक्षर समारोहअघि मन्त्री मार्लेसले भने, ‘आजको यो सम्झौता हाम्रो रक्षा साझेदारीमा उल्लेखनीय वृद्धि हो, जसले दुवै राष्ट्रको साझा सुरक्षा लक्ष्य र भविष्यप्रतिको प्रतिबद्धता झल्काउँछ ।’

हालै जुलाईमा भारतले पहिलो पटक अस्ट्रेलियामा आयोजित द्विवार्षिक तालिस्मन सेबर बहुराष्ट्रिय सैन्य अभ्यासमा भाग लिएपछि दुवै देशबीचको रक्षा सम्बन्ध अझ प्रगाढ बनेको थियो । तालिस्मन सेबर सन् २००५ मा संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबीचको संयुक्त अभ्यासका रूपमा सुरु भएको हो । यस वर्ष उक्त अभ्यासमा १९ देशका करिब ३५ हजार सैनिक सहभागी भएका थिए ।

भारत र अस्ट्रेलिया संयुक्त राज्य अमेरिका र जापानसँग मिलेर ‘क्वाड’ नामक रणनीतिक समूहको हिस्सा हुन् । गत जुलाईमा वासिङ्टनमा बसेको क्वाडका विदेशमन्त्रीहरूको बैठकले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षामा सहकार्य विस्तार गर्ने सहमति जनाएको थियो ।

अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटकी वरिष्ठ फेलो राजी राजगोपालनका अनुसार मन्त्री सिंहको यो भ्रमण ‘प्रतीकात्मक र व्यावहारिक रूपमा अत्यन्त महत्त्वपूर्ण’ छ । 

‘भारतीय रक्षामन्त्री १२ वर्षपछि अस्ट्रेलिया आउनुभएको हो, तर यसबीचमा मन्त्री मार्लेसले भारतमा उच्चस्तरीय बैठकका लागि धेरैपटक भ्रमण गरिसक्नुभएको छ’, राजगोपालनले भने, ‘भारतले इन्डो–प्यासिफिक क्षेत्रमा चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धामा सन्तुलन कायम गर्न यस्तो द्विपक्षीय सम्बन्धलाई प्रयोग गरिरहेको छ । चीन भारतको प्रमुख सुरक्षा चुनौती भएकोले, भारत व्यावहारिक रूपमा अमेरिकासँग मिलेर चीन समस्या व्यवस्थापन गर्न चाहन्छ ।’

यसैबीच, अस्ट्रेलियाले हालै दक्षिण प्रशान्तका छिमेकी राष्ट्रहरूसँग पनि सुरक्षा सहकार्य विस्तार गरेको छ । सोमबार मात्र अस्ट्रेलियाले पपुवा न्युगिनीसँग रक्षा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले दुवै राष्ट्रका सुरक्षात्मक संरचनाहरूलाई एकीकृत गर्नेछ । 

सन् १९५१ मा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डसँग गरिएको एन्जस सन्धिपछि यो अस्ट्रेलियाको पहिलो गठबन्धन–स्तरको सुरक्षा सम्झौता हो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : १२ बजे

कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिर २४ देखि वीरगञ्जमा

काठमाडौं– नेपाली कांग्रेसले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर २४

सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु 

एजेन्सी– सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३

कुकुर-बिरालोलाई प्रतिगोटा २५ सय रुपैयाँमा बन्ध्याकरण गराउँदै बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण तथा

सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू

बेलग्रेड– महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि

घाइते भन्छन्- सरकार आएर फोटो खिच्छ, घाउमा मलम लगाउँदैन 

काठमाडौं– आज असोज २३ गते ठिक एक महिना भयो, जब