दसैँपछि मुस्ताङ भन्सार सञ्चालनमा « Khabarhub

दसैँपछि मुस्ताङ भन्सार सञ्चालनमा


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दसैँ पछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दसैँ मनाउन घर गएपछि  कार्यालय बन्द थियो ।

कार्यालयमा निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा मालवस्तु जाँचपासलगायतका काम सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।
 
दसैँमा बिदा हुँदा चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कार न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन् । नाकाबाट मालवस्तु आयात गरी मालवाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख खड्काले बताए। 

कोरलानाकाबाट दसैँ अघिसम्म रु दुई अर्ब दुई करोड ९६ लाख राजस्व संकलन भएको थियो । त्यस अवधिसम्म कोरलानाकाबाट भित्रिएका एक हजार १०९ वटा विद्युतीय कारमध्ये ९६५ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यमा पुगिसकेका छन् ।

यसैगरी चिनियाँ मालवस्तु ढुवानी गरिएका ३७५ वटा मालवाहकको भन्सार जाँचपास भएको छ । यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालय उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुल्ला हुँदा थोरै मात्र राजस्व संकलन हुने गरेको थियो । 

गत साउन, भदौमा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरलानाकालाई प्रयोगमा ल्याएको हो । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ३० बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न