नेतन्याहुद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा, स्वीकृतिका लागि मन्त्रिपरिषद् बोलाउने | Khabarhub Khabarhub

नेतन्याहुद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा, स्वीकृतिका लागि मन्त्रिपरिषद् बोलाउने


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविराम र बन्धक मुक्तिको लागि हमाससँग भएको सम्झौताको प्रशंसा गर्दै सम्झौताको अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रीमण्डल बोलाउने निर्णय गरको जनाएका छन्।  

नेतान्याहूले विज्ञप्ति मार्फत सम्झौता भएको दिन इजरायलका लागि एउटा महान दिन भएको भन्दै  सम्झौतामा “सबै“ बन्धकहरूको रिहाइ समावेश भएको बताएका छन् । गाजामा बाँकी रहेका ४८ जना बन्धक मध्ये करिब २० जना अझै जीवित रहेको इजरायलले जनाएको छ ।

योजनाको पहिलो चरणको स्वीकृतिसँगै सबै बन्धकहरूलाई घर फर्काइने आश्वासन दिँदै यो कार्य कूटनीतिक सफलता र इजरायलका लागि राष्ट्रिय तथा नैतिक विजय भएको उनले बताए  । 

सम्झौतामा मतदान गर्न मन्त्रिपरिषद् बोलाउने अपेक्षा गरिएको  प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेतान्याहुको दक्षिणपन्थी गठबन्धनका  प्रमुख सदस्यहरू, बसोबास समर्थक मन्त्रीहरू इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले बारम्बार हमाससँगको सम्झौताको विरोध गर्दै सार्वजनिक रूपमा गाजामा यहूदी बस्तीहरूको पुनर्निर्माणका लागि आह्वान गरेका छन् ।

नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमा कुराकानी गरेको जनाउदै  नेतन्याहुको कार्यालयले फोन वार्तामा अत्यावश्यक र भावनात्मक कुराकानी भएको उल्लेख गरेको छ । जसमा उनीहरूले सबै बन्धकहरूको रिहाइ सुरक्षित गर्न सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक उपलब्धिका क्रममा एक अर्कालाई बधाईसमेत दिएका छन् । 
 
इजरायल र हमासले गाजा युद्धको अन्त्य गर्ने र बन्धक र केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने आफ्नो २० सूत्री योजनाको “पहिलो चरण“ मा सहमत भएको सामाजिक सञ्जाल मार्फंत ट्रम्पले घोषणा गरेका छन् । 
 
ट्रम्पले योजना बमोजिम सबै बन्धकहरू चाँडै नै रिहा हुने तथा इजरायलले बलियो, दिगो र चिरस्थायी शान्तिको मार्गमा सहमतीसहित आफ्नो सेना फिर्ता गर्ने र सबै पक्षलाई उचित व्यवहार गरिने जनाए। 
 
इजरायल र हमासका प्रतिनिधिमण्डलले कतार, इजिप्ट र अमेरिकी मध्यस्थकर्ताको मध्यस्थतामा इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा सोमबार देखि निरन्तर वार्ता गरिरहेका छन् ।

सन् २०२३ अक्टोबर– ७ मा युद्ध सुरु भएदेखि, इजरायली आक्रमणले गाजा पट्टीलाई ध्वस्त पारेको छ भने गाजामा  व्यापक अनिकाल र विस्थापन निम्त्याएको छ भने कम्तिमा छ लाख  सात हजार १८३ व्यक्तिको मृत्यु हुनुका साथै  १६ लाख  नौ अजार ८४१ अन्य घाइते भएको गाजाका  स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  २ : १२ बजे

चुनावसँग किन हच्किए कांग्रेस- एमाले ?

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचनको

इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् संकटग्रस्त

न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिदैनौँ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक

मन्त्रिपरिषद् बैठक लगत्तै राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। 

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू