एमाले गर्जनको सेयरबजारमा नकारात्मक प्रभाव, सर्किट लागेको नेप्से २२ अंकमा सीमित « Khabarhub

एमाले गर्जनको सेयरबजारमा नकारात्मक प्रभाव, सर्किट लागेको नेप्से २२ अंकमा सीमित


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भक्तपुरको गुन्डुबाट एमालेले गरेको गर्जनको नकारात्मक प्रभाव परेको छ । 

साताको अन्तिम दिन बिहीबार नेप्से सेयर कारोबारको ३ मिनेटमा नै सकारात्मक सर्किट लागेकोमा कारोबारको अन्तिम समयसम्म आउँदा भने २२.५९ अंकले मात्रै बढेको हो ।

एमालेमा पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीको कोर समूहमा रहेका नेताहरूले भक्तपुरबाट मुलुकमा थप राजनीतिक अनिश्चय पैदा गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सेयर बजारमा प्रभाव परेको अनुमान गरिएको छ ।

बिहीबार ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा कारोबार भएकामध्ये २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको सेयर मूल्य घट्यो । त्यस्तै, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार बिन्दवासिनी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोपावरको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । बिहीबारको सेयर कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : २२ बजे

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार