एमाले गर्जनको सेयरबजारमा नकारात्मक प्रभाव, सर्किट लागेको नेप्से २२ अंकमा सीमित « Khabarhub

एमाले गर्जनको सेयरबजारमा नकारात्मक प्रभाव, सर्किट लागेको नेप्से २२ अंकमा सीमित


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भक्तपुरको गुन्डुबाट एमालेले गरेको गर्जनको नकारात्मक प्रभाव परेको छ । 

साताको अन्तिम दिन बिहीबार नेप्से सेयर कारोबारको ३ मिनेटमा नै सकारात्मक सर्किट लागेकोमा कारोबारको अन्तिम समयसम्म आउँदा भने २२.५९ अंकले मात्रै बढेको हो ।

एमालेमा पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीको कोर समूहमा रहेका नेताहरूले भक्तपुरबाट मुलुकमा थप राजनीतिक अनिश्चय पैदा गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सेयर बजारमा प्रभाव परेको अनुमान गरिएको छ ।

बिहीबार ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा कारोबार भएकामध्ये २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको सेयर मूल्य घट्यो । त्यस्तै, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार बिन्दवासिनी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोपावरको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । बिहीबारको सेयर कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : २२ बजे

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा