कुकुर-बिरालोलाई प्रतिगोटा २५ सय रुपैयाँमा बन्ध्याकरण गराउँदै बालेन | Khabarhub Khabarhub

कुकुर-बिरालोलाई प्रतिगोटा २५ सय रुपैयाँमा बन्ध्याकरण गराउँदै बालेन


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गर्ने भएको छ । 

महानगरले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत ‘कुकुर, बिरालो बन्ध्याकरण, शान्तीस्थापन तथा आश्रयीकरण कार्यक्रम’ सुरू गर्न लागेको हो।

महानगरले सामुदायिक संस्था वा संघमार्फत बन्ध्याकरण र खोपको कार्य गर्न इच्छुक समूहलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ।

इच्छुक संघसंस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गर्नुपर्नेछ ।

बालेन्द्र साह नेतृत्वको महानगरले एक कुकुर वा बिरालोको बन्ध्याकरण र खोपका लागि प्रतिगोटा २५ सय रुपैयाँ तोकेको छ । 

यसका लागि संस्थाले पशु चिकित्सकको प्रमाणपत्र, बन्ध्याकरणमा प्रयोग हुने सवारी साधन, सेल्टर तथा आवश्यक सामग्रीको व्यवस्था र बन्ध्याकरणको अनुभव प्रमाणित कागजात पेश गर्नुपर्नेछ ।

पशु स्वास्थ्य प्रमुख डा. पूजा खनाल र विभागीय प्रमुख नृगमि न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘सडकमा रहेका कुकुर बिरालोको संख्या नियन्त्रणका लागि यो अभियान प्रभावकारी रूपमा अघि बढाइनेछ।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : ५७ बजे

‘कान्तारा च्याप्टर १’ बक्स अफिसमा सफलता: दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म

काठमाडौं – कन्नड एक्सन फिल्म ‘कान्तारा च्याप्टर १’ ले बक्स

जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई

एजेन्सी – यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो