कुकुर-बिरालोलाई प्रतिगोटा २५ सय रुपैयाँमा बन्ध्याकरण गराउँदै बालेन « Khabarhub

कुकुर-बिरालोलाई प्रतिगोटा २५ सय रुपैयाँमा बन्ध्याकरण गराउँदै बालेन


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गर्ने भएको छ । 

महानगरले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत ‘कुकुर, बिरालो बन्ध्याकरण, शान्तीस्थापन तथा आश्रयीकरण कार्यक्रम’ सुरू गर्न लागेको हो।

महानगरले सामुदायिक संस्था वा संघमार्फत बन्ध्याकरण र खोपको कार्य गर्न इच्छुक समूहलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ।

इच्छुक संघसंस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गर्नुपर्नेछ ।

बालेन्द्र साह नेतृत्वको महानगरले एक कुकुर वा बिरालोको बन्ध्याकरण र खोपका लागि प्रतिगोटा २५ सय रुपैयाँ तोकेको छ । 

यसका लागि संस्थाले पशु चिकित्सकको प्रमाणपत्र, बन्ध्याकरणमा प्रयोग हुने सवारी साधन, सेल्टर तथा आवश्यक सामग्रीको व्यवस्था र बन्ध्याकरणको अनुभव प्रमाणित कागजात पेश गर्नुपर्नेछ ।

पशु स्वास्थ्य प्रमुख डा. पूजा खनाल र विभागीय प्रमुख नृगमि न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘सडकमा रहेका कुकुर बिरालोको संख्या नियन्त्रणका लागि यो अभियान प्रभावकारी रूपमा अघि बढाइनेछ।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : ५७ बजे

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक

सेती पुल निर्माणले गति लियो

गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’

एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ

काठमाडौं– नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’

 काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई