सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु  « Khabarhub

सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको विस्थापित परिवारहरू रहेको शहर एल–फासेरमा शरण लिइरहेका  दुई प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले जनाएको छ । 
  
 नाम न छाप्ने सर्तमा उनीहरूले मस्जिदमा आक्रमण उत्तरबाट भएको र आरएसएफले अबु शोक विस्थापन शिविरलाई कब्जा गरेको तथा सुडानी सेनाले सहरलाई नियन्त्रणमा लिने प्रयास गरी रहेको बताएका छन् ।  

गोलाबारी रोकिए पछि भग्नावशेष मुनिबाट १३ जनाको शव निकालेको उनीहरूले बताएका छन् । आक्रमणबाट बचेका एक जना व्यक्तिले बताए अनुसार आक्रमणकारी घरमा प्रवेश गर्दा मस्जिद  भित्र ७० परिवार भएको जनाउदै  एक्कासि गोलीको वर्षा हुँदा १३ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको र मस्जिदको केही भागमा क्षति भएको बताएका छन् ।  

सन् २०२३ अप्रिल मा सेनासँग युद्ध सुरु भएदेखि एल–फासेरमाथि आरएसएफले गरेको  यो सबैभन्दा ठुलो आक्रमण भएको जनाइएको छ ।  

गत वर्षको मे महिना देखि आरएसएफद्वारा घेराबन्दी गरिएको उत्तरी डार्फर राज्यको राजधानी अझै पनि सेनाको नियन्त्रणमा रहेको अन्तिम प्रमुख सहर हो, यद्यपि सेना र यसका सहयोगीहरूद्वारा नियन्त्रित क्षेत्र क्रमशः सङ्कुचित भएको छ ।

 लामो समय देखि आरएसएफले लगभग दैनिक तोप र ड्रोन आक्रमणहरू गरी सहर वरपरका विस्थापीत शिविरहरूमाथि कब्जा गर्दा, सयौंको ज्यान गएको छ भने बाँचेका मानिसहरूलाई जबरजस्ती निर्वासन गरिरहेको छ ।

लाखौं विस्थापितहरू मध्ये मंगलबार–बुधवारको बिचमा, शहरको एक एल–फासेर अस्पतालमा २० जनाको मृत्यु भएको जनाइएको छ  । 
  
गत महिना मस्जिदमा भएको एउटै ड्रोन आक्रमणमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो । सुडानमा युद्धले लाखौँलाई विस्थापित गरेको छ भने लगभग २ करोड ५० लाखलाई चरम भोकमरीमा धकेलेको छ, जसलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन संकट क्षेत्र भनेको छ ।

भोकमरीले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ, यद्यपि त्यहाँ कुनै आधिकारिक सङ्ख्या भने छैन, अधिकांश घाइतेहरू अस्पतालमा पुग्न असमर्थ छन् र बचेका व्यक्तिहरू पनि आफ्ना परिवारका मृतकको दाहसंस्कार गर्न बाध्य छन् ।

एल–फासेरमा आरएसएफको घेराबन्दीले सहरमा ठूलो भोकमरी निम्त्याएको छ, जहाँ मानिसहरू महिनौँसम्म भोकमरी सहन बाध्य छन् ।  

यदि सहर अर्धसैनिक बलको हातमा गयो भने, आरएसएफ सम्पूर्ण डार्फर क्षेत्रको नियन्त्रणमा हुनेछ, जहाँ उनीहरूले प्रतिद्वन्द्वी प्रशासन स्थापना गर्न खोजेका छन् । सेनाले देशको उत्तर, मध्य र पूर्व भाग कब्जा गरी सकेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ४ : १९ बजे

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज