टियु क्रिकेट मैदानको काम छिटो सक्न निर्माण कम्पनीलाई कुलमानको निर्देशन « Khabarhub

टियु क्रिकेट मैदानको काम छिटो सक्न निर्माण कम्पनीलाई कुलमानको निर्देशन


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

बिहीबार टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिति नजिकिँदै गएकाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका हुन् । 

टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको कार्य करिब सकिएको र फ्लडलाइट निर्माणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको मन्त्री घिसिङले बताए । 

उनले मंसिरमा आयोजना हुने एनपीएल अगाडी पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिए ।  टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अब दोस्रो र तेस्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको उनले बताए । मन्त्री घिसिङले टियु क्रिकेट मैदानको स्तरोन्नतीको काममा बजेटका अभाव हुन नदिने उल्लेख गरे । 

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अबको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरूपमा तयार हुने बताए । मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपीएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको उनले बताए ।  

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ४ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया