दयाहाङ भन्छन्– यो अवस्थामा फिल्मको व्यापार ४० प्रतिशत घट्नु सामान्य « Khabarhub

दयाहाङ भन्छन्– यो अवस्थामा फिल्मको व्यापार ४० प्रतिशत घट्नु सामान्य


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनले अन्य जस्तै फिल्म क्षेत्रलाई पनि स्वभाविक रुपमा असर पारेको छ ।

यो दशैँमा प्रदर्शनमा आएका फिल्महरुको न्यून ग्रस कलेक्सनको एक कारण आन्दोलनपछिको असामान्य अवस्थालाई मानिदै आएको छ । यो भनाइ फिल्मकर्मीहरुबाटै सुनिन्छ ।

तर, मेकरहरुको नजर परेको अर्को प्राइम रिलिज डेट तिहार नजिकिँदै छ । कात्तिक ६ गते भाइटीकाको दिन दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउँदैछन् । कात्तिक ७ गते फिल्म ‘मैझारो’ प्रदर्शनमा आउँदैछ ।

‘वरिष्ठ बलराम’ नायक नायक दयाहाङ शीर्ष भूमिकामा छन् । ‘मैझारो’ मा पनि उनी विशेष भूमिकामा रहेको बताइएको छ ।

अर्थात् दशैँको न्यून ग्रस कलेक्सनकाे उदाहरण लिएर तिहारमा आउन लागेका फिल्मका मेकरहरु प्रदर्शन मिति हेरफेर गर्ने मुडमा छैनन् ।

‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक कार्यक्रममा दयाहाङले देशको परिस्थिति सामान्य नभए पनि फिल्म क्षेत्र चलायमान र गतिशिल बनाउन प्रदर्शन मिति हेरफेर नगरिएको बताए ।

उनले भने, ‘मुलुकमा जटिल अवस्थाहरु आउँछ । तर, हामीले देशकै लागि भने पनि आफ्नो कर्मबाट टाढिनु हुँदैन । फिल्म प्रदर्शन ल्याउन छोड्यो भने अर्को माहोल सिर्जना हुन्छ । फिल्म क्षेत्र निरन्तर चलायमान बनाउन हामीले प्रदर्शन मिति हेरफेर नगरेका हौं ।’

सामान्य अवस्थाभन्दा अहिले फिल्मको ग्रस कलेक्सन स्वभाविक घट्ने सम्भावनाबारे आफूहरु जानकार रहेको दयाहाङले सुनाए ।

यो अवस्थामा ४० प्रतिशतले ग्रस कलेक्सन घट्नुलाई सामान्यरुपमा ग्रहण गर्नुपर्ने उनको बुझाइ छ ।

उनले थपे, ‘अहिलेको देशको परिस्थितिले सबै क्षेत्रलाई असर गरेको छ । फिल्म क्षेत्रलाई नगर्ने कुरा नै भएन । यो अवस्थामा मेरो अभिनय रहेको फिल्मले विगतमा भन्दा ४० प्रतिशतले कम ग्रस कलेक्सन गर्‍यो भने म सुखद नै मान्छु ।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ५४ बजे

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका