बाढीका कारण सुनसरीमा तरकारीखेतीमा क्षति « Khabarhub

बाढीका कारण सुनसरीमा तरकारीखेतीमा क्षति


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धरान– अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारीखेतीमा ठूलो क्षति पुगेको छ । गत असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण जिल्लाका किसानहरूले लगाएका बालीहरू डुबानमा परेका हुन् ।

बाढीका कारण बराहक्षेत्र नगरपालिका–९ ढोलबजियामा रहेको ‘सुन्दर कृषि फार्म’को तरकारी खेतीमा पूर्ण रुपमा क्षति पुगेको छ । वैदेशिक रोजगारीबाट फर्किएका तीन जना युवाले २०७४ सालदेखि उक्त फार्म  सञ्चालन गर्दै आएका थिए । फार्म सञ्चालक अमिर निरौलाका अनुसार बाढीले फार्मका सबै तरकारीखेती डुबानमा परेर पूर्णरूपमा नष्ट भएको छ ।

उनले भने, ‘पानीले टनेल र मल्चिङ् सबै डुबायो । दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको टमाटर सबै डुबानमा पर्यो । साथै, करेला, बैगुन, क्यापसिकम, काँक्रा, बोडी, फर्सी, घिरौंलालगायतका सबै बाली बाढीबाट नष्ट भएको छ ।’

अमिर निरौला र रघुवीर चन्द्रवंशी दक्षिण कोरियामा र छविलाल चौधरी अफगानिस्तानमा काम गरेर फर्किएपछि डेढ बिघा जग्गाबाट छ लाखको लगानीमा तरकारीखेती सुरु गरेका थिए। अहिले उनीहरूले करिब २० बिघा क्षेत्रफलमा काँक्रा, टमाटर, क्यापसिकम, बोडी, करेला, लौका, कोभीलगायतका तरकारीखेती गर्दै आएका छन् ।

निरौलाका अनुसार मल्चिङ्, बिरुवा र बिउमा गरिएको रु १४ लाखभन्दा बढीको लगानी खेर गएको छ । कृषक छविलाल चौधरीका अनुसार गत वर्ष मात्रै तरकारीखेतीबाट एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरिएको थियो । 

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार बाढी र अविरल वर्षाले जिल्लाभरका तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ ।

उनले भने, ‘सुनसरीमा करिब आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुने गरेको छ, जसमा हालैको बाढीले करिब ९५ प्रतिशतमा क्षति पुगेको छ । त्यस्तै, ५१० हेक्टरमा गरिएको केराखेतीमध्ये ८० प्रतिशत र ४८ हजार ९ हेक्टरमा गरिएको धान खेतीमध्ये ४८ प्रतिशतमा क्षति पुगेको छ ।’

विशेष गरी सुनसरीका देवानगञ्ज, भोक्राहा, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा बढी क्षति पुगेको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ०५ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले