‘वरिष्ठ बलराम’को ट्रेलर : वरिष्ठ र बलरामको नोकझोँक, ‘पीके डन’को नोटिस हुने उपस्थिति « Khabarhub

‘वरिष्ठ बलराम’को ट्रेलर : वरिष्ठ र बलरामको नोकझोँक, ‘पीके डन’को नोटिस हुने उपस्थिति


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई र विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर कमलपोखरीस्थित एक हलमा कार्यक्रमका बीच बिहीबार सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्मको शीर्षक शीर्ष दुई पात्रको नामको संयोजनबाट राखिएको खुलाएको छ । दयाहाङ फिल्ममा वरिष्ठ नामक पात्रको भूमिकामा छन् भने विजय बलरामको भूमिकामा छन् ।

फिल्मको ट्रेलर यी दुईको नोकझोँक वरपर घुमेको छ । दयाहाङ अर्थात् वरिष्ठ ठेकेदारको भूमिकामा छन् । एकमान खोलमा उनले आफ्नो धन्दा चलाउँदै आएका हुन्छन् ।

त्यहाँ विजय अर्थात् बलारामको प्रवेश भएपछि उत्पन्न नोकझोँक ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा विजयलाई गरिब परिवारको सदस्यका रुपमा देखाइएको छ । उनलाई धर्मपुत्रका रुपमा पालिएको हुन्छ ।

सुट–पेन्टमा देखिने वरिष्ठको परपर केटाहरु हुन्छन् । उसले ती केटाहरुले विजयलाई ठेगान लगाउन प्रयोग गरेको देखिन्छ ।

ती केटाहरु मध्ये एकको संवाद छ, ‘म भ्वाइलेन्स गर्ने मुडमा छैन ।’ अर्थात्, ‘म हिंसा गर्ने मुडमा छैन ।’ उसले यो संवाद विजयलाई थर्काउन प्रयोग गरेका हुन् । यो संवाद बोल्ने कलाकार फिल्म ‘होस्टेल रिटन्स’का ‘पीके डन’ अर्थात् प्रदीप चौधरी हुन् ।

ट्रेलरमा प्रदीपको स्क्रिन टाइम सानो छ तर उनको संवाद दर्शकमा नोटिस हुने सम्भावना उच्च छ ।

विजय नायिका समृद्धि अर्यालसँग प्रेममा परेको देखाइएको छ ।

यस फिल्ममा पशुपति राई, माओत्से गुरु र भोलाराज सापकोटाको समेत अभिनय रहेको छ ।

फिल्मको निर्देशक सुरेन्द्र पौडेल हुन् । उनकै कथा र सम्पादन रहेको यस फिल्मको पटकथा भने महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्य बनेको यस फिल्मको निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् ।

ट्रेलर :

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ४६ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च