‘वरिष्ठ बलराम’को ट्रेलर : वरिष्ठ र बलरामको नोकझोँक, ‘पीके डन’को नोटिस हुने उपस्थिति « Khabarhub

‘वरिष्ठ बलराम’को ट्रेलर : वरिष्ठ र बलरामको नोकझोँक, ‘पीके डन’को नोटिस हुने उपस्थिति


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई र विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर कमलपोखरीस्थित एक हलमा कार्यक्रमका बीच बिहीबार सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्मको शीर्षक शीर्ष दुई पात्रको नामको संयोजनबाट राखिएको खुलाएको छ । दयाहाङ फिल्ममा वरिष्ठ नामक पात्रको भूमिकामा छन् भने विजय बलरामको भूमिकामा छन् ।

फिल्मको ट्रेलर यी दुईको नोकझोँक वरपर घुमेको छ । दयाहाङ अर्थात् वरिष्ठ ठेकेदारको भूमिकामा छन् । एकमान खोलमा उनले आफ्नो धन्दा चलाउँदै आएका हुन्छन् ।

त्यहाँ विजय अर्थात् बलारामको प्रवेश भएपछि उत्पन्न नोकझोँक ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा विजयलाई गरिब परिवारको सदस्यका रुपमा देखाइएको छ । उनलाई धर्मपुत्रका रुपमा पालिएको हुन्छ ।

सुट–पेन्टमा देखिने वरिष्ठको परपर केटाहरु हुन्छन् । उसले ती केटाहरुले विजयलाई ठेगान लगाउन प्रयोग गरेको देखिन्छ ।

ती केटाहरु मध्ये एकको संवाद छ, ‘म भ्वाइलेन्स गर्ने मुडमा छैन ।’ अर्थात्, ‘म हिंसा गर्ने मुडमा छैन ।’ उसले यो संवाद विजयलाई थर्काउन प्रयोग गरेका हुन् । यो संवाद बोल्ने कलाकार फिल्म ‘होस्टेल रिटन्स’का ‘पीके डन’ अर्थात् प्रदीप चौधरी हुन् ।

ट्रेलरमा प्रदीपको स्क्रिन टाइम सानो छ तर उनको संवाद दर्शकमा नोटिस हुने सम्भावना उच्च छ ।

विजय नायिका समृद्धि अर्यालसँग प्रेममा परेको देखाइएको छ ।

यस फिल्ममा पशुपति राई, माओत्से गुरु र भोलाराज सापकोटाको समेत अभिनय रहेको छ ।

फिल्मको निर्देशक सुरेन्द्र पौडेल हुन् । उनकै कथा र सम्पादन रहेको यस फिल्मको पटकथा भने महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्य बनेको यस फिल्मको निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् ।

ट्रेलर :

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ४६ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण