‘वरिष्ठ बलराम’को ट्रेलर : वरिष्ठ र बलरामको नोकझोँक, ‘पीके डन’को नोटिस हुने उपस्थिति | Khabarhub Khabarhub

‘वरिष्ठ बलराम’को ट्रेलर : वरिष्ठ र बलरामको नोकझोँक, ‘पीके डन’को नोटिस हुने उपस्थिति


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई र विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर कमलपोखरीस्थित एक हलमा कार्यक्रमका बीच बिहीबार सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्मको शीर्षक शीर्ष दुई पात्रको नामको संयोजनबाट राखिएको खुलाएको छ । दयाहाङ फिल्ममा वरिष्ठ नामक पात्रको भूमिकामा छन् भने विजय बलरामको भूमिकामा छन् ।

फिल्मको ट्रेलर यी दुईको नोकझोँक वरपर घुमेको छ । दयाहाङ अर्थात् वरिष्ठ ठेकेदारको भूमिकामा छन् । एकमान खोलमा उनले आफ्नो धन्दा चलाउँदै आएका हुन्छन् ।

त्यहाँ विजय अर्थात् बलारामको प्रवेश भएपछि उत्पन्न नोकझोँक ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा विजयलाई गरिब परिवारको सदस्यका रुपमा देखाइएको छ । उनलाई धर्मपुत्रका रुपमा पालिएको हुन्छ ।

सुट–पेन्टमा देखिने वरिष्ठको परपर केटाहरु हुन्छन् । उसले ती केटाहरुले विजयलाई ठेगान लगाउन प्रयोग गरेको देखिन्छ ।

ती केटाहरु मध्ये एकको संवाद छ, ‘म भ्वाइलेन्स गर्ने मुडमा छैन ।’ अर्थात्, ‘म हिंसा गर्ने मुडमा छैन ।’ उसले यो संवाद विजयलाई थर्काउन प्रयोग गरेका हुन् । यो संवाद बोल्ने कलाकार फिल्म ‘होस्टेल रिटन्स’का ‘पीके डन’ अर्थात् प्रदीप चौधरी हुन् ।

ट्रेलरमा प्रदीपको स्क्रिन टाइम सानो छ तर उनको संवाद दर्शकमा नोटिस हुने सम्भावना उच्च छ ।

विजय नायिका समृद्धि अर्यालसँग प्रेममा परेको देखाइएको छ ।

यस फिल्ममा पशुपति राई, माओत्से गुरु र भोलाराज सापकोटाको समेत अभिनय रहेको छ ।

फिल्मको निर्देशक सुरेन्द्र पौडेल हुन् । उनकै कथा र सम्पादन रहेको यस फिल्मको पटकथा भने महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्य बनेको यस फिल्मको निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् ।

ट्रेलर :

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ४६ बजे

गाजामा बन्धक रहेका जीवित २० जना छुट्न सक्ने, विपिन जोशी र तामिर निम्रोडीको अस्था अझै अज्ञात

वासिङ्टन- गाजामा अझै बन्धक रहेका सबैलाई सोमबारसम्म मुक्त गरिने योजना

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको

वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला

देउखुरी– पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् ।

गाजा युद्ध अन्त्यको सहमति पारित

तेल अभिभ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मन्त्रिपरिषद्ले शुक्रबार बिहान