यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई « Khabarhub

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार जनाएको छ । 

क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।

उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । नोबेल पुरस्कार पाउने उहाँ हङ्गेरीका दोस्रा साहित्यकार हुन् । सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए।

उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन्। उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् र उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन्।

यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ। पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ। 

नोबेल पुरस्कारबाट सम्मानित भएपछि लेखकले स्विडेनी प्रसारक स्भेरिजेस रेडियोसँग भने, ‘म धेरै खुसी र शान्त छु । पुरस्कार पाएको समाचारले मलाई घबराहट महसुस भएको छ।’

उनले भने, ‘नोबेल पुरस्कार विजेताका रूपमा यो मेरो पहिलो दिन हो ।’

पुरस्कार समितिले १९८५ मा प्रकाशित क्रास्ज्नाहोर्काईको पहिलो उपन्यास, ‘सटाटान्गो’ ले उनलाई हङ्गेरीमा प्रख्यात बनाएको र यो त्यहाँ उनको सबैभन्दा प्रसिद्ध कृति बनेको जनाएको छ। 

नोबेल एकेडेमीले उक्त कृतिलाई ‘साहित्यिक सनसनी’ भनेको छ।

एकेडेमीले भनेको छ, ‘क्रास्ज्नाहोर्काई काफ्कादेखि थोमस बर्नहार्डसम्म फैलिएको मध्य युरोपेली परम्परामा एक महान महाकाव्य लेखक हुन्। उनको सिर्जनामा बेतुकवाद र विचित्र ज्यादतीको विशेषता पाइन्छ। 
 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ४९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग