‘कान्तारा च्याप्टर १’ बक्स अफिसमा सफलता: दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म « Khabarhub

‘कान्तारा च्याप्टर १’ बक्स अफिसमा सफलता: दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्नड एक्सन फिल्म ‘कान्तारा च्याप्टर १’ ले बक्स अफिसमा जबरजस्त व्यापार गर्दैछ। रिलिजको पहिलो सातामा भारतमा बलियो व्यापार गरेको फिल्मले सोमबार सामान्य गिरावट देखाए पनि मंगलबार फेरि उकालो चढ्दै शानदार कमाइ दर्ता गरेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार, फिल्मले विश्वभर ४१४ करोड भारतीय रूपैयाँ कमाइसकेको छ। भारतमा मात्र ६ दिनको नेट कमाइ २९०.२५ करोड (ग्रस ३४८ करोड) पुगेको छ। अन्तर्राष्ट्रिय बजारको आम्दानी जोड्दा कुल विश्वव्यापी संकलन ४१४ करोड भारू पुगेको हो।

फिल्मले आइतबारमै ‘केजीएफ च्याप्टर १’ को लाइफटाइम कमाइ पार गरेको थियो। मंगलबारको कमाइसँगै यसले २०२२ को सुपरहिट ‘कान्तारा’ (४०८ करोड भारू) लाई पनि उछिनेको छ। यसरी ‘कान्तारा च्याप्टर १’ अब ‘केजीएफ च्याप्टर २’ (१२५० करोड भारू) पछि अहिलेसम्मकै दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म बनेको छ।

ऋषभ शेट्टीले लेखन र निर्देशन गरेका यस फिल्ममा उनी आफैं मुख्य भूमिका निभाएका छन्। साथै रुक्मिणी वसन्त, जयराम, र गुलशन देवैया पनि प्रमुख भूमिकामा छन्। फिल्म सन् २०२२ को ‘कान्तारा’ को सिक्वेल हो, जसले कन्नड सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित बनाएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ८ : २० बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको