‘कान्तारा च्याप्टर १’ बक्स अफिसमा सफलता: दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म « Khabarhub

‘कान्तारा च्याप्टर १’ बक्स अफिसमा सफलता: दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्नड एक्सन फिल्म ‘कान्तारा च्याप्टर १’ ले बक्स अफिसमा जबरजस्त व्यापार गर्दैछ। रिलिजको पहिलो सातामा भारतमा बलियो व्यापार गरेको फिल्मले सोमबार सामान्य गिरावट देखाए पनि मंगलबार फेरि उकालो चढ्दै शानदार कमाइ दर्ता गरेको छ।

हिन्दुस्तान टाइम्सका अनुसार, फिल्मले विश्वभर ४१४ करोड भारतीय रूपैयाँ कमाइसकेको छ। भारतमा मात्र ६ दिनको नेट कमाइ २९०.२५ करोड (ग्रस ३४८ करोड) पुगेको छ। अन्तर्राष्ट्रिय बजारको आम्दानी जोड्दा कुल विश्वव्यापी संकलन ४१४ करोड भारू पुगेको हो।

फिल्मले आइतबारमै ‘केजीएफ च्याप्टर १’ को लाइफटाइम कमाइ पार गरेको थियो। मंगलबारको कमाइसँगै यसले २०२२ को सुपरहिट ‘कान्तारा’ (४०८ करोड भारू) लाई पनि उछिनेको छ। यसरी ‘कान्तारा च्याप्टर १’ अब ‘केजीएफ च्याप्टर २’ (१२५० करोड भारू) पछि अहिलेसम्मकै दोस्रो सर्वाधिक कमाउने कन्नड फिल्म बनेको छ।

ऋषभ शेट्टीले लेखन र निर्देशन गरेका यस फिल्ममा उनी आफैं मुख्य भूमिका निभाएका छन्। साथै रुक्मिणी वसन्त, जयराम, र गुलशन देवैया पनि प्रमुख भूमिकामा छन्। फिल्म सन् २०२२ को ‘कान्तारा’ को सिक्वेल हो, जसले कन्नड सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित बनाएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ८ : २० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।