कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किए « Khabarhub

कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किए


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन् । जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदीबन्दी कारागारबाट फरार भएकोमा २८७ कैदीबन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदीबन्दी छन् । २१ भारतीय कैदीबन्दी फरार भएकोमा दुई जना कैदीबन्दी फर्किएका छन् । धेरैजसो कैदीबन्दी दिउँसोभन्दा रातको समयमा फर्किने गरेको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले फरार कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन समय सीमा तोकेको थियो । सूचनामा स्थानीय प्रशासनले तोकिएको समयमा सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । यही असोज १३ देखि २२ गतेको अवधिमा थप ५३ कैदीबन्दी फर्किएका हुन् ।

कैदी फरारको घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीको खोजी र पक्राउका लागि कार्यदल बनाइएको थियो । कारागारमा गत साउन २३ गते कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४८ कैदीबन्दी घाइते भएका थिए ।

घाइते एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि फर्किएकालाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिसकिएको कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया