एएफसी एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित « Khabarhub

एएफसी एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसिया कप २०२७ को छनोट अन्तर्गतको तेस्रो चरणमा नेपाल भियतनामसँग ३–१ गोलअन्तरले पराजित भएको छ। पहिलो हाफसम्म सन्तुलित प्रदर्शन गर्दै खेललाई बराबरीमा राख्न सफल भएको नेपाल दोस्रो हाफमा भने दबाब झेल्न बाध्य बन्यो।

खेलको नवौं मिनेटमै ताइन लिन्हले गरेको गोलमार्फत भियतनामले अग्रता लिएको थियो। तर, नेपालका सनिश श्रेष्ठले १७ औँ मिनेटमा बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए। पहिलो हाफमै भियतनामले अर्को गोल गरेको थियो, तर अफसाइडको कारण त्यो गोल अस्वीकृत भयो।

पहिलो हाफको अतिरिक्त समयमा नेपालका लकेन लिम्बुले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित रह्यो। यही कारण दोस्रो हाफमा नेपाली टोलीमा समन्वय कमजोर भयो र भियतनामले खेलमा पूर्ण नियन्त्रण जमायो।

६७ औँ र ७२ औँ मिनेटमा लगातार दुई गोल गर्दै भियतनामले सहज जित सुनिश्चित गर्‍यो। नेपालका गोलरक्षक किरण राईले केही उत्कृष्ट बचाउ गरे पनि परिणाम आफ्नो पक्षमा मोड्न सकेनन्।

यस हारसँगै नेपालका लागि आगामी खेलहरूमा पुनरागमन गर्ने दबाब थपिएको छ, जबकि भियतनामले यस जितसँगै समूह चरणमा बलियो स्थिती कायम गरेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ८ : ४६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित