टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो « Khabarhub

टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल र जापान ‘सुपर सिक्स’मा प्रवेश गरेका छन्। बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेतले जापानविरुद्धको पराजयसँगै समूह चरणमै यात्रा टुंग्याएको छ। अब समूह ‘बी’को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान आमनेसामने हुनेछन्, जसले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ।

बिहीबार जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य सजिलै पुरा गर्दै १९ ओभर ३ बलमै जित दर्ता गर्‍यो। जापानका इसाम रहमानले ३९ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनको शानदार इनिङ खेले। सबारिश रविचन्द्रनले ३९, कप्तान केन्डल काडोवाकी फ्लेमिङले २८ र इब्राहिम ताकाहाशीले २६ रनको योगदान दिए।

कप्तान फ्लेमिङको आक्रामक सुरुवातपछि मिडल ओभरमा रहमानले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : २३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार