प्रधानमन्त्री सुशीला कार्कीको भिडियो सन्देश: शहीदहरूको बलिदान खेर जान दिदैनौं « Khabarhub

प्रधानमन्त्री सुशीला कार्कीको भिडियो सन्देश: शहीदहरूको बलिदान खेर जान दिदैनौं


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आवाज र भावना विगतका सरकारले पर्याप्त ध्यान नदिएको बताएकी छन् ।

जेनजी आन्दोलनको एक महिनाको अवसरमा जारी गरेको भिडियोमा उनले वर्तमान सरकारले युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। उनले शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्म प्रयास गर्ने बाचा समेत गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनिन्, “युवा पुस्ताले गरेको क्रान्ति हामी सबैले स्वीकार गर्नुपर्छ। देशप्रतिको प्रेम र अपेक्षाका बीच युवामा केही निराशा छ। ती भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरूले युवाको मागलाई सम्बोधन गर्न सकेनन्। यसका लागि हामीले आफ्ना कमजोरी र गल्ती विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।”

युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र नभइ देश सुधार्ने शक्ति भएको कार्कीको भनाइ छ । उनले भनिन् , युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र होइन, देश सुधार्ने शक्ति हो। त्यसैले यसलाई नजरअन्दाज गर्न मिल्दैन। प्रधानमन्त्री कार्कीको यो सम्बोधनले वर्तमान सरकारको युवा प्रति दृष्टिकोण र जवाफदेहिता स्पष्ट रूपमा देखाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : ४९ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन