हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित « Khabarhub

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ।

यूएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। नेपालका लागि आदिल आलामले ३२ रन बनाए। सन्दीप जोराले नटआउट ३१ रन जोडे। नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको थियो। चुनौतीपूर्ण लक्ष्य बनाएके यूएईका लागि निलांश केसवानीले १० बलमा अर्धशतक हिर्काए। उनले १५ बल खेल्दा १० छक्का र तीन चौकाको मद्दतमा ७३ रन बनाएका थिए।

नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए।

हङकङ सिक्सेमा पाँच खेल खेलेको नेपालले एउटा मात्र जित निकालेको छ। शनिबार भारतलाई हराएको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ०२ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज