हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित « Khabarhub

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ।

यूएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। नेपालका लागि आदिल आलामले ३२ रन बनाए। सन्दीप जोराले नटआउट ३१ रन जोडे। नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको थियो। चुनौतीपूर्ण लक्ष्य बनाएके यूएईका लागि निलांश केसवानीले १० बलमा अर्धशतक हिर्काए। उनले १५ बल खेल्दा १० छक्का र तीन चौकाको मद्दतमा ७३ रन बनाएका थिए।

नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए।

हङकङ सिक्सेमा पाँच खेल खेलेको नेपालले एउटा मात्र जित निकालेको छ। शनिबार भारतलाई हराएको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ०२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी