पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै « Khabarhub

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पीएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको पीएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए । नेपाल सरकारको आर्थिक वर्ष २०७८–७९ को बजेटमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा ‘एनटिभी वर्ल्ड’ सञ्चालन गर्ने कार्यक्रम राखिएको थियो । यो च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझिने सामग्री समावेश गर्नेछ ।

विश्वमा सन् १९२० को दशकदेखि सार्वजनिक सेवा प्रसारण (पीएसबी) को अभ्यास आरम्भ भए पनि नेपालमा यसको परिकल्पना प्रजातन्त्रको पुनःस्थापनापछि भएको हो । विज्ञहरू सम्मिलित विभिन्न कार्यदल र सञ्चारसम्बन्धी आयोगहरूको सुझाव एवं सिफारिससमेतका आधारमा सङ्घीय संसदबाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ पारित भएको थियो ।

राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेबाट सो कानून कार्यान्वयनमा आएको हो ।

यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास समिति गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो । ऐन कार्यान्वयनका क्रममा लोकसेवा आयोगका अध्यक्ष रहेको सिफारिस समितिको सिफारिसका आधारमा २०८१ पुस १ गते पीएसबी नेपालको पहिलो नेतृत्वकर्ताका रूपमा डा. विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । (रासस)

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ३७ बजे

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा वार्ता

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भइरहेको

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ ।

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको