प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा « Khabarhub

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मधेस प्रदेश सरकारमा भएको राजनीतिक परिवर्तनको विषयलाई लक्षित गर्दै राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना खारेज गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले मधेस प्रदेशमा पछिल्लो पटक २५ दिनमै सरकार ढलेको उल्लेख गर्दै तीन वर्षमा चार मुख्यमन्त्री बनेको बताएका छन् ।
उनले लेखेका छन्– ‘२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री ।’

उनले प्रदेश संरचनालाई राजनीतिक अस्थिरता, भ्रष्टाचारको अखडा भएको टिप्पणी गर्दै अर्थतन्त्रले समेत धान्न नसक्ने भएकाले खारेज गर्नुपर्ने तर्क गरेका छन् ।

उनी लेख्छन्– ‘अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ०९ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड