प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा « Khabarhub

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मधेस प्रदेश सरकारमा भएको राजनीतिक परिवर्तनको विषयलाई लक्षित गर्दै राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना खारेज गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले मधेस प्रदेशमा पछिल्लो पटक २५ दिनमै सरकार ढलेको उल्लेख गर्दै तीन वर्षमा चार मुख्यमन्त्री बनेको बताएका छन् ।
उनले लेखेका छन्– ‘२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री ।’

उनले प्रदेश संरचनालाई राजनीतिक अस्थिरता, भ्रष्टाचारको अखडा भएको टिप्पणी गर्दै अर्थतन्त्रले समेत धान्न नसक्ने भएकाले खारेज गर्नुपर्ने तर्क गरेका छन् ।

उनी लेख्छन्– ‘अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ०९ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा