कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा « Khabarhub

कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने अहिलेको मूल प्रश्न रहेको बताएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विशेष महाधिवेशनको मागलाई विशेष महाधिवेशनको आयोजनाले वा त्यही समयावधिभित्र नियमित महाधिवेशनले मात्रै सम्बोधन गर्न सक्ने उल्लेख गरेका छन् ।

उनले यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढङ्गले बुझ्न जरुरी रहेको समेत बताएका छन् ।

महामन्त्री शर्माले नियमित महाधिवेशन पुस, माघ, वैशाखमा वा त्यो भन्दा अघिपछि गर्न कांग्रेसको विधानले वाधा नगर्ने भए पनि विशेष महाधिवेशन हस्ताक्षर बुझाएको ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने पार्टी विधानको निर्देशन रहेको उल्लेख गरे ।

उनले कांग्रेसले कांग्रेसको जीवनका लागि भन्दा पनि देशका लागि गर्नुपर्ने थुप्रै काम रहेकाले त्यसप्रति गम्भीर हुनु जरुरी रहेको बताएका छन् ।

शर्माले केन्द्रीय समिति बैठक जारी रहेकाले केही दिनभित्रै एकता र परिपक्वताका साथ निर्णयमा पुगिने समेत स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ५२ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड