रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने « Khabarhub

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिएको छ।

चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उक्त बैठकले देशभरबाट उपस्थित आमन्त्रित प्रतिनिधिहरूबीच देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रुपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक जीवन र तत्कालीन कार्यभारबारे छलफल भएको उनले बताए।

उक्त बैठकबाटै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार पनि शनिबारबाटै आह्वान गरिएको झाले बताएका छन् ।

बैठकमा सह-महामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखाअनुसार समानुपातिक उम्मेदवारी आह्वान गरिएको झाले जानकारी दिए ।

उनका अनुसार बैठकले समानुपातिक उम्मेदवारीका लागि विभिन्न आचारसंहिता पनि तय गरेको छ। बैठकले योग्यातामा केही कुरा थप्दै समानुपातिकका लागि उम्मेवारी आह्वा गरेको हो ।

रास्वपाले तय गरेको आचारसंहितामा समानुपातिकतर्फ उम्मेदवार हुन सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गरिनुपर्ने भएको छ ।

त्यसैगरी शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा पनि सम्बन्धित व्यक्तिले गर्नुपर्नेछ । उता उम्मेदवार हुन चाहनेले वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा पनि गर्नुपर्ने भएको छ। कतिपय नेताहरू बहुविवाहसहितका विवादमा जोडिएको अवस्थामा रास्वपाले यस्तो नियम ल्याएको हो ।

रास्वपाले आचारसंहिताको अर्को सूचीमा सार्वजनिक रुपमा कसैलाई गाली गलौज नगरेको स्वघोषणा पनि गर्नुपर्ने नियम राखेको छ ।

‘सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार-धम्की, जात-लिङ्गका आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको स्वघोषणा गर्नुपर्नेछ’, आचारसंहितामा भनिएको छ, ‘आफूले परिवारको वा एकै घर सदस्यले आफ्ना आधारभूत आवश्यकता आफू प्रतिनिधिसभा सदस्य हुँदासम्म स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी स्रोतको स्वघोषणालाई अनिवार्य बनाइएको छ।’

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ०१ बजे

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री