क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि « Khabarhub

 क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ ।

काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोट्र्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले राष्ट्रिय वाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो । फाइनल जित्न पाएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ९.५ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

क्लाउड फ्याक्ट्रीको लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै सुबोध ढुंगेलले १५, चन्द्र कुमार राईले अविजित ११ तथा सबिन डीसीले अविजित ५ रन बनाए ।

यस अघि टस हारेर ब्याटिंग गरेको राष्ट्रिय वाणिज्य बैंकले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो । वाणिज्य बैंकको लागि ओपनर विवेक श्रेष्ठले सर्वाधिक ३१ रन बनाए भने कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए ।

उपाधि विजेता क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार रुपैयाँ तथा उप–विजेता राष्ट्रिय वाणिज्य बैंकले ५० हजार ५ सय रुपैयाँ पुरस्कार पायो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल घोषित भए । उनले १० हजार रुपैयाँ पाए । यस्तै उत्कृष्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृष्ट बलर सिद्धार्थ बैंकका सन्जिब मदैया, उत्कृष्ट विकरकिपर सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी घोषित भए जसले समान ५ हजार रुपैयाँ पाए । 

मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्सुरेन्सले पायो। यस्तै फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेष्ट इन्सुरेन्सले पायो । यस्तै इनर्जेटिक टिमको अवार्ड सानिमा जीआईसी इन्सुरेन्सले पायो ।

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोट्र्सको सहकार्यमा दुईदिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ४९ बजे

‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार

काठमाडौं– काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’