क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि « Khabarhub

 क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ ।

काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोट्र्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले राष्ट्रिय वाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो । फाइनल जित्न पाएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ९.५ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

क्लाउड फ्याक्ट्रीको लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै सुबोध ढुंगेलले १५, चन्द्र कुमार राईले अविजित ११ तथा सबिन डीसीले अविजित ५ रन बनाए ।

यस अघि टस हारेर ब्याटिंग गरेको राष्ट्रिय वाणिज्य बैंकले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो । वाणिज्य बैंकको लागि ओपनर विवेक श्रेष्ठले सर्वाधिक ३१ रन बनाए भने कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए ।

उपाधि विजेता क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार रुपैयाँ तथा उप–विजेता राष्ट्रिय वाणिज्य बैंकले ५० हजार ५ सय रुपैयाँ पुरस्कार पायो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल घोषित भए । उनले १० हजार रुपैयाँ पाए । यस्तै उत्कृष्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृष्ट बलर सिद्धार्थ बैंकका सन्जिब मदैया, उत्कृष्ट विकरकिपर सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी घोषित भए जसले समान ५ हजार रुपैयाँ पाए । 

मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्सुरेन्सले पायो। यस्तै फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेष्ट इन्सुरेन्सले पायो । यस्तै इनर्जेटिक टिमको अवार्ड सानिमा जीआईसी इन्सुरेन्सले पायो ।

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोट्र्सको सहकार्यमा दुईदिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ४९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी