उमा कुङफुको ग्रोडिङ « Khabarhub

उमा कुङफुको ग्रोडिङ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रेडिङमा १८ खेलाडी सहभागी थिए । त्यसमा २ जना यल्लो वेल्ट, १० जना ओरेन्ज वेल्ट र ६ जना ब्राउन वेल्टमा पदोन्नती भएको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राईले जनाएका  छन् ।

आभ्या कपाली र सिमोन थापा यल्लो वेल्टमा पदोन्नती भए । आहरभ थापा सुवाल, इम्मा घले, ग्रेस घले, आरुशकुमार सिंह, सबेक श्रेष्ठ, अग्रदिता श्री, सेजान गुरुङ, कृजन महर्जन, सुहानी पौडेल र सोनाम गुरुङले ओरेन्ट वेल्ट प्राप्त गरे । आरोनिया श्री, सोनिया श्रेष्ठ, हार्दिक कमाती, निमा गुरुङ, ओक्सना कँडेल र सिरियाना मोक्तानले ब्राउन वेल्ट पाए ।

नेपाल उमा कुङफु संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक रमेश महर्जनले ग्रेडिङ सञ्चालन गरेका थिए । ग्रेडिङ कार्यक्रममा अध्यक्ष राईसहित उमा कुङफु संघका कोषाध्यक्ष सूर्य तामाङ, ताइची तथा चिगोङ प्रशिक्षक भाइराजा महर्जन, स्प्रिङसाइन नेसनल स्कुलका प्रिन्सिपल सम्झना कर्माचार्य (कपाली) र संस्थापक निर्देशक रिजेश कपाली, खेलाडीका अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा अध्यक्ष राईले स्प्रिङसाइन नेसनल स्कुलले उमा कुङफु खेलको विकास र विस्तारमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ५३ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड