प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा उर्लाबारीका किसानले किने हार्भेस्टर मेशिन, धान काट्न सजिलो हुने « Khabarhub

प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा उर्लाबारीका किसानले किने हार्भेस्टर मेशिन, धान काट्न सजिलो हुने


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी- कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका–९ मा किसानहरूले अत्याधुनिक धान काट्ने मेसिन भित्र्याएका छन्।

करिब ६२ लाख ७६ हजार रुपैयाँ लागतमा हार्भेस्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रली किनिएको हो। उक्त मेसिन खरिदमा प्रदेश सरकारको आधा रकमको सहभरण रहेको वडा अध्यक्ष नरबहादुर मोक्तानले बताए।

‘किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनु हाम्रो लक्ष्य हो,’ मोक्तानले भने, ‘मल, जल र बीउ समयमा व्यवस्थापन गर्न सकियो भने प्रतिबिघा एक सय १० मनसम्म धान उत्पादन सम्भव छ। तर समयमा मजदुर नपाउँदा धान भित्र्याउन मुस्किल भइरहेको थियो।’

उनका अनुसार परम्परागत कृषि मजदुर कामको अभावले भारततर्फ पलायन भएपछि स्थानीय क्षेत्रमा मज्दुरीको टटका समस्या देखिएको हो।

किसान डिकेन्द्र बस्नेतका अनुसार हार्भेस्टर गाउँमै आएपछि धान भित्र्याउने खर्च र समय दुवै वचत भएको छ।

‘मजदुर नपाएर समस्या बढ्दै थियो, मेसिन आएपछि राहत भयो,’ बस्नेतले भने। तर पराल सङ्कलन सहज नहुने भन्दै त्यसका लागि पनि मेशिन आवश्यक भएको उनले बताए ।

उर्लाबारी–८ र ९ धानको सघन खेती हुने क्षेत्र मानिन्छ। यी वडामा नगरपालिकाले मकै पकेट कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइँटेलका अनुसार प्रविधि भित्र्याउन वडा ९ ले १० लाख रुपैयाँ विनियोजन गरेको थियो।

किसानहरूले ट्याक्टर खरिदका लागि ७ लाख ४६ हजार रुपैयाँ बराबरको सह-लगानी गरेका छन्। ‘किसान, वडा र प्रदेश सरकारको साझेदारीमा प्रविधि प्रवेश गराइएको हो,’ लुइँटेलले बताए।

किसानको सह-लगानीमै सञ्चालन हुने भएकाले वडा–९ का किसानले हार्भेष्टर सेवा लिन प्रतिघण्टा ६ हजार रूपैयाँ तिर्नुपर्नेछ। हाल बजारमा निजी हार्भेष्टर सञ्चालकले प्रतिघण्टा ७ हजार ५ सय रुपैयाँसम्म लिँदै आएका छन्।

तेजन खड्का

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : १० बजे

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने

प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन