मोरङको रंगेलीमा देखियो हाइनाको बथान « Khabarhub

मोरङको रंगेलीमा देखियो हाइनाको बथान


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको यो बथान भारततिरबाट नेपाली भूभागमा छिरेको अनुमान गरिएको छ।

गयराति करिब ११ बजे मोरङको रङ्गेली नगरपालिका–५ बहुवानचोकदेखि चान्दनीचोक जाने बाटोमा हाइनाको बथान देखिएको स्थानीयले बताएका छन् ।

स्थानीयबासीले भेटेका हाइना (लकरबग्गा) कहाँबाट आएको हो भन्ने खुलेको छैन । तर केही स्थानीयबासीले यी हाइनाका बथान भारतबाट नेपाल प्रवेश गरेको अनुमान गरेका छन् ।

हाइनालाई नेपालमा केहीले जंगली कुकुर वा हाँस्ने जनावर पनि भन्छन् । यो जनावरले आवाज निकाल्दै हाँसे जस्तै लाग्ने गर्छ। हाइना मांसाहारी जनावर हो, यसले समूहमा शिकार गर्ने गर्दछ ।

यो कुकुरजस्तै देखिने भए पनि बिरालो वर्गसँग बढी नजिक मानिन्छ । विशेषगरी यो जनावर अफ्रिका धेरै र एसियाका केही ठाउँमा पाइन्छ। यसले प्रायः गरेर मरेका जनावरको मासु खान्छ । यसको सामूहिक रुपमा शिकार गरेर पनि पेट भर्न सक्छ ।

हाइनाका मुख्य गरी चार प्रजाति छन् । स्पोट्टेड हाइन, स्ट्रिपेड हाइना, ब्राउन हाइन र आर्डवल्फ रहेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : २२ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्