मोरङको रंगेलीमा देखियो हाइनाको बथान « Khabarhub

मोरङको रंगेलीमा देखियो हाइनाको बथान


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको यो बथान भारततिरबाट नेपाली भूभागमा छिरेको अनुमान गरिएको छ।

गयराति करिब ११ बजे मोरङको रङ्गेली नगरपालिका–५ बहुवानचोकदेखि चान्दनीचोक जाने बाटोमा हाइनाको बथान देखिएको स्थानीयले बताएका छन् ।

स्थानीयबासीले भेटेका हाइना (लकरबग्गा) कहाँबाट आएको हो भन्ने खुलेको छैन । तर केही स्थानीयबासीले यी हाइनाका बथान भारतबाट नेपाल प्रवेश गरेको अनुमान गरेका छन् ।

हाइनालाई नेपालमा केहीले जंगली कुकुर वा हाँस्ने जनावर पनि भन्छन् । यो जनावरले आवाज निकाल्दै हाँसे जस्तै लाग्ने गर्छ। हाइना मांसाहारी जनावर हो, यसले समूहमा शिकार गर्ने गर्दछ ।

यो कुकुरजस्तै देखिने भए पनि बिरालो वर्गसँग बढी नजिक मानिन्छ । विशेषगरी यो जनावर अफ्रिका धेरै र एसियाका केही ठाउँमा पाइन्छ। यसले प्रायः गरेर मरेका जनावरको मासु खान्छ । यसको सामूहिक रुपमा शिकार गरेर पनि पेट भर्न सक्छ ।

हाइनाका मुख्य गरी चार प्रजाति छन् । स्पोट्टेड हाइन, स्ट्रिपेड हाइना, ब्राउन हाइन र आर्डवल्फ रहेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : २२ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र