बालेनलाई दुर्गाले भने : सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू « Khabarhub

बालेनलाई दुर्गाले भने : सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटक पटक दु:ख दिनुभन्दा स्थायी बसोबासको व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भनेका हुन् ।

उनले बालेनको योजनामा काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न पनि सुझाव दिएका छन् । आफूहरू सुकुम्बासीको साथमा रहेको भन्दै उनले सुकुम्वासीहरू एक भए कसैले हटाउन नसक्ने बताए ।

उनले सुकुम्बासी बस्ती उठाउनु भन्दा बालमन्दिर र पशुपतिमा रहेका अनाधिकृत संरचना हटाउन सुझाव पनि बालेनलाई दिएका छन् ।

आफूले गरिवको ऋण मिनाहा गर्न सुझाव दिँदै राज्य नै आफूविरुद्ध लागेको उनले बताएका छन् । प्रसाईंले सुकुम्बासीलाई दलहरूले भोट बैंकका रूपमा मात्रै प्रयोग गरेको भन्दै सजग हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : ३२ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड