बालेनलाई दुर्गाले भने : सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू « Khabarhub

बालेनलाई दुर्गाले भने : सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटक पटक दु:ख दिनुभन्दा स्थायी बसोबासको व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भनेका हुन् ।

उनले बालेनको योजनामा काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न पनि सुझाव दिएका छन् । आफूहरू सुकुम्बासीको साथमा रहेको भन्दै उनले सुकुम्वासीहरू एक भए कसैले हटाउन नसक्ने बताए ।

उनले सुकुम्बासी बस्ती उठाउनु भन्दा बालमन्दिर र पशुपतिमा रहेका अनाधिकृत संरचना हटाउन सुझाव पनि बालेनलाई दिएका छन् ।

आफूले गरिवको ऋण मिनाहा गर्न सुझाव दिँदै राज्य नै आफूविरुद्ध लागेको उनले बताएका छन् । प्रसाईंले सुकुम्बासीलाई दलहरूले भोट बैंकका रूपमा मात्रै प्रयोग गरेको भन्दै सजग हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : ३२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि