मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू) « Khabarhub

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न ७ दिन बाँकी हुँदा काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारण उत्साहजनक सहभागिता देखिएको छ ।

केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरूले जानकारी दिएका छन् ।

सेवाग्राही अंकित बरालकाले पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँदा खुसी लागेको बताइन् । आफू जेन-जी पनि भयका कारण अब आउने नेतृत्व युवा हुन पर्ने र मतदानको लागि आफू पनि तयार भएको बताइन् ।

कार्यालयको सर्भरमा समस्या देखिए पनि धेरै समय लाइनमा बस्नु नपरेको उनले जानकारी दिइन् । 

मतदाता नामावलीमा नाम दर्ता गर्ने काम ७७ वटै जिल्लाबाट भइरहेको कारणले पनि सर्भरमा चाप बढेर केही समस्या देखिएको कार्यालयका सूचना अधिकारी सिर्जना रायमाझीले जानकारी दिइन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : १८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि