टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन « Khabarhub

टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिएका छन्  ।  

आइतबार काठमाडौंमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिएका हुन् ।

टेलिकमको जिम्मा लिएर काम नगर्ने र वर्षौँदेखि अल्झाइराख्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने उनले बताए ।

उनले निजी क्षेत्रले दुई महिनामा बनाउने सक्ने टावर टेलिकमले डेढ वर्षसम्म पनि बनाउन नसकेको विषयमा जवाफ चाहिने बताए ।

मन्त्री खरेलले आफ्नै खरिद कार्यविधि बनाएर पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिन निर्देशन दिए । सञ्चार मन्त्रालयमा आउने ८० प्रतिशत गुनासो नेपाल टेलिकमसँग सम्बन्धित रहेकाले मन्त्रीसम्म गुनासो आउने अवस्थालाई अन्त्य गर्न पनि उनले निर्देशन दिए  ।

टेलिकमको सेवा केवल शहरमा सीमित नहोस् भन्ने लक्ष्य रहेकाले दूर दराजका बस्तीहरूमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तारका लागि ध्यान दिन उनले टेलिकमको ध्यानाकर्षण गराए ।  सो क्रममा मन्त्री खरेलले टेलिकमको फाइबर विद्यार्थी अफर (डेटा अफर) प्रारम्भ गरेका थिए । 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : २४ बजे

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री