जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ « Khabarhub

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार जाम्बियाकी महिला कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लागुऔषध मुद्दामा थुनामा रहेकी ३५ वर्षीया अबिसार्ग कपुतुलालाई आइतबार पक्राउ गरेको हो ।

लामो खोजतलासपछि उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार फरार कैदीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको हो ।

भट्टराईका अनुसार प्रहरीले फरार कैदीहरूको खोजीलाई अझ सशक्त बनाइरहेको छ । कारागार सुरक्षामा देखिएका कमजोरी सुधार्न आवश्यक समन्वय भइरहेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : ३८ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड