काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार जाम्बियाकी महिला कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लागुऔषध मुद्दामा थुनामा रहेकी ३५ वर्षीया अबिसार्ग कपुतुलालाई आइतबार पक्राउ गरेको हो ।
लामो खोजतलासपछि उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।
परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार फरार कैदीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको हो ।
भट्टराईका अनुसार प्रहरीले फरार कैदीहरूको खोजीलाई अझ सशक्त बनाइरहेको छ । कारागार सुरक्षामा देखिएका कमजोरी सुधार्न आवश्यक समन्वय भइरहेको उनले बताए ।













प्रतिक्रिया