प्रधानमन्त्रीलाई ‘जेन-जी बहिनी’ भनेका ओलीको आक्रोश : हिजो जसले देश जलाए, आज उनैले चलाउँदैछन् « Khabarhub

प्रधानमन्त्रीलाई ‘जेन-जी बहिनी’ भनेका ओलीको आक्रोश : हिजो जसले देश जलाए, आज उनैले चलाउँदैछन्


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘जेन-जी बहिनी’ भनेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै उनले आन्दोलन र शान्तिपूर्ण प्रदर्शनका लागि कसैको अनुमति नचाहिने बताएका छन् ।

उनले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै जेन-जी बहिनीको संज्ञा दिए । ‘जेन-जी बहिनी हुनुहुन्छ कि दिदी हुनुहुन्छ, तर सडकमा उत्रिन कसैको स्वीकृति चाहिँदैन’, उनले भने ।

ओलीले सरकार र प्रशासनमाथि कटाक्ष गर्दै अहिले केहीले संविधान र कानुनलाई बेवास्ता गरेर निर्णय लिइरहेको बताए ।

‘सडकमा उत्रिन कसैको स्वीकृति चाहिँदैन । जसले देश जलाए, अहिले उनै देश चलाइरहेका छन्’, उनले भने, ‘हामी विरोध गर्छौँ तर आगो लगाउन सडकमा जाँदैनौँ; शान्तिपूर्ण प्रदर्शन हाम्रो हक हो।’

उनले अन्तरिम सरकार र प्रशासनलाई कुनै विरोध र आन्दोलन अनुमति लिएर नहुने पनि बताए। ‘प्रशासनलाई आन्दोलन इजाजत लिएर मात्रै हुने भन्ने नियम हुँदैन, यदि स्वीकृति नदिइयो भने आफैं सडकमा उत्रिन्छौँ’, उनले भने, ‘संविधानमाथि प्रजिअको आदेश हुँदैन । संविधानभन्दा माथि कोही हुनसक्दैन।’

उनले आफूहरू जेल नेल भोगेर आएकाले जिम्मेवार रुपमा प्रस्तुत हुने बताए । ‘जिम्मेवार राजनीतिक शक्ति जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ। हामीले बलिदान, जेल र भूमिगत अनुभूतिहरू भोगेर ल्याएको अधिकार त्यहीँ छोड्दैनौँ’, उनले भने ।

ओलीले केहीले विरोधलाई हिंसात्मक बनाउने काम गरिरहेको दाबी गर्दै त्यस्ता गतिविधि र काल्पनिक प्रचारप्रति सचेत हुन सबैलाई आग्रह गरे।

जिम्मेवार राजनीतिक दलले शिष्ट र मर्यादित भाषामा विवाद प्रस्तुत गर्नु पर्ने बताउँदै उनले जनताका जायज मागहरू शान्तिपूर्ण रूपमा उठाउनुपर्ने जोड दिए।

उनले अहिलेसम्म सरकारसँग शिष्ठता र मर्यादाको भाषा बोलेर इजाजत मागेको बताए । तर उल्टै एरिया हदबन्दी र राहदानी रोक्का गरिएकोमा उनले आपत्ति जनाए । ‘एरिया हदबन्दी लगाउने र राहदानी रोक्का गर्ने काम सरकारले गरेको छ’, उनले भने, ‘आगो लगाउने बेलामा त उकास्दै हुनुहुन्थ्यो । अहिले शान्तिपूर्ण र्‍याली गर्न निषेध गरिँदैछ । हाम्रो पनि होला नि यो देश ?’

उनले प्रधानमन्त्री कार्कीलाई लक्षित गर्दै भने, ‘म जेन-जी दिदी हुनु हुन्छ कि बहिनी हुनुहुन्छ । उहाँले पनि आफ्नो मातहतलाई आदेश दिँदा कानुनसम्मत दिनुस्।’

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ४ : ३७ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक