महाराजगञ्ज बृत्त आगजनीमा संलग्न भोजपुरका युवक पेस्तोलसहित पक्राउ, प्रहरीमाथि कुटपिटमा पनि संलग्न थिए « Khabarhub

महाराजगञ्ज बृत्त आगजनीमा संलग्न भोजपुरका युवक पेस्तोलसहित पक्राउ, प्रहरीमाथि कुटपिटमा पनि संलग्न थिए


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा आगजनी, लुटपाट र प्रहरीको हत्या घटनामा संलग्न एकजना व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुर साल्पा सिलिचो गाउँपालिका–२ दोभाने घर भई हाल काठमाडौँ महानगरपालिका–१६ पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई प्रहरीले शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिएको हो।

राईको बसोबासस्थलमा खानतलासी गर्दा प्रहरीले टाइप ५४ पेस्तोल, म्याग्जिनमा रहेको ७ राउण्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्तासमेत बरामद भएको जनाएको छ।

राईमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका राईमाथि यसअघि पनि प्रहरी वृत्त महाराजगञ्जमा ज्यानसम्बन्धी कसूरमा मुद्दा चलिसकेको अभिलेखमा देखिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : २९ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा