जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी | Khabarhub Khabarhub

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो । एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सम्भावित सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरेको छ ।

संयुक्त राज्य अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (युएसजिएस) ले भने भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड मापन गरेको जनाएको छ ।

जेएमएले इवाटे तटका लागि ‘सुनामी सल्लाह जारी गरिएको’ बताउँदै कुनै पनि क्षण समुद्री छालहरू तटीय क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ । यसैबीच, राष्ट्रिय प्रसारणकर्ता एनएचकेले अपतटीय क्षेत्रमा सानो सुनामी छालहरू देखिएको पुष्टि गर्दै जनतालाई समुद्र तटबाट टाढा रहन र उच्च स्थानमा सर्न आग्रह गरेको छ ।

जापानी टेलिभिजनहरूले प्रत्यक्ष प्रसारणमार्फत समुद्र अपेक्षाकृत शान्त देखिएको भए पनि अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो क्षेत्र सन् २०११ को विनाशकारी ९.० म्याग्निच्युडको समुद्रमुनिको भूकम्पको पीडादायी स्मृतिले अझै त्रसित छ । उक्त भूकम्पले विशाल सुनामी निम्त्याएको थियो । त्यस विनाशकारी विपद्ले करिब १८ हजार ५०० मानिसको ज्यान लिएको वा बेपत्ता बनाएको थियो । 

सोही सुनामीका कारण फुकुसिमा आणविक ऊर्जा संयन्त्रका तीन रिएक्टर पग्लिएको थियो, जसले जापानको इतिहासमा सबैभन्दा ठूलो प्रकोप र चेर्नोबिलपछिको विश्वकै दोस्रो ठूलो आणविक दुर्घटना निम्त्याएको थियो ।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भनिने क्षेत्रको पश्चिमी किनारमा अवस्थित छ, जहाँ चार प्रमुख टेक्टोनिक प्लेटहरू एकआपसमा ठोक्किन्छन् । यस कारण जापान विश्वका सबैभन्दा भूकम्पीय रूपमा सक्रिय राष्ट्रहरू मध्ये एक हो ।

झन्डै १२ करोड ५० लाख जनसङ्ख्या रहेको यो द्वीपसमूहमा प्रत्येक वर्ष करिब एक हजार ५०० भन्दा बढी भूकम्पीय धक्का अनुभव हुने गरेको छ । तीमध्ये अधिकांश हल्का प्रकृतिका भए पनि तिनीहरूको क्षतिको स्तर भूकम्पको गहिराइ र केन्द्रविन्दु नजिकका बस्तीहरूमा निर्भर हुने गर्दछ । रासस
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ३२ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो