गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल « Khabarhub

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार गृह मन्त्रालयमा भएको दुई पक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबिच निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधैँ सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउँदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधैँ सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले  व्यक्त गरे ।

मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचार रहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको र घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी मन्त्री अर्यालले भेटका क्रममा बताए ।

भेटमामा मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति मित्रवत भावनाप्रति धन्यवाद दिँदै, नेपाल र भारतबिच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने कुरा प्रष्ट्याए  । सोही भेटमा, दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ३४ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र