दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता (तस्बिरहरू) « Khabarhub

दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता (तस्बिरहरू)


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ ।

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरू वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाइएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगायतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

सबै कागजात पुरा गरेर आयोगलाई दिएको भन्दै छिटै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टीले निरन्तर कम्युनिस्ट एकतालाई जारी राख्ने बताए  । जनार्दन शर्मा, घनश्याम लगायत लगायत कम्युनिस्ट नेताहरू एउटै बाटोमा रहे पनि आफूहरू मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमा नै अलमलिएको उनले बताए । उनले सबै नेताहरूलाई एकतामा सहभागी हुन आह्वान समेत गरे ।

उनले छुटेका नेताहरू पनि एक दिन कम्युनिस्ट एकतामा आउने विश्वास व्यक्त गरे । माओवादी, नेकपा एकीकृत समाजवादी लगायत १० बामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । दल दर्ताका लागि केही कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलब्ध गराएको हो । 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ०९ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर