दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता (तस्बिरहरू) « Khabarhub

दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता (तस्बिरहरू)


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ ।

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरू वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाइएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगायतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

सबै कागजात पुरा गरेर आयोगलाई दिएको भन्दै छिटै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टीले निरन्तर कम्युनिस्ट एकतालाई जारी राख्ने बताए  । जनार्दन शर्मा, घनश्याम लगायत लगायत कम्युनिस्ट नेताहरू एउटै बाटोमा रहे पनि आफूहरू मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमा नै अलमलिएको उनले बताए । उनले सबै नेताहरूलाई एकतामा सहभागी हुन आह्वान समेत गरे ।

उनले छुटेका नेताहरू पनि एक दिन कम्युनिस्ट एकतामा आउने विश्वास व्यक्त गरे । माओवादी, नेकपा एकीकृत समाजवादी लगायत १० बामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । दल दर्ताका लागि केही कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलब्ध गराएको हो । 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ०९ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको