विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक « Khabarhub

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ ।  यो अफर विसं २०५४ साल वा त्यसपछि जन्मेका विद्यार्थीहरूका लागि लागू हुने कम्पनीले जनाएको छ ।

उक्त अफरको शुभारम्भ आइतबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे ।

मन्त्री खरेलले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच सुनिश्चित गर्न टेलिकमले गरेको यो पहल सराहनीय रहेको बताउँदै टेलिकमलाई धन्यवाद ज्ञापन गरे  ।

टेलिकमका अनुसार यो अफर आजदेखि माघ २२ गतेसम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत विद्यार्थीले ४,९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि पाउन सक्नेछन् । यो सेवाको जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ । र विद्यार्थीले १ थान डुअल ब्यान्ड सीपीई र अधिकतम १०० मिटर ड्रप फाइबरनिःशुल्क पाउनेछन् ।

यस अफर अन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि समाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने हुँदा सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साबिकमा उपलब्ध गराइएका प्याकेजहरू मध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनौट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् । यस अफर अन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेजको समयावधि समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरूमा नवीकरण गर्न नचाहेमा सुरुमा उपलब्ध गराइएको सीपीई भने फिर्ता गर्नुपर्नेछ ।

अफरका लागि आवेदन दिन विद्यार्थीले परिचयपत्र, जन्म मिति खुल्ने प्रमाणपत्र ‘जन्म दर्ता वा नागरिकता’ र नाबालिगको हकमा अभिभावकको नागरिकता/लाइसेन्स/पासपोर्टको प्रतिलिपि आवश्यक पर्नेछ ।
  

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ४८ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र