जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने « Khabarhub

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण गर्ने भएको छ ।  कार्यालयले आइतबार सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो । 

घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको जनही २० हजारसमेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । 

जेन-जी आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, ध्रुव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठ घाइते भएका थिए 

‘सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूलाई पछि नीति बनाएर सेवा सुविधा दिन सक्छ भनेर अहिले घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ’, सहायक प्रजिअ बरालले भने ।  

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ३० बजे

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख