पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण « Khabarhub

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित ‘सङ्घर्षबाट सफलता जीवनका अनुभव र अनुभूतिहरू’ पुस्तक लोकार्पण गरिएको छ ।

चिकित्सा क्षेत्रमा ५२ वर्ष योगदान दिनुभएका डा श्रेष्ठद्वारा लिखित उक्त पुस्तक सरकारका पूर्व स्वास्थ्य सचिव एवम् वरिष्ठ बाल रोग विशेषज्ञ डा बद्रीराज पाण्डेले आइतबार कुपन्डोलमा आयोजित कार्यक्रममा लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण गर्दै उनले यसमा लेखकको प्रेरणादायी पारिवारिक जीवन, रमाइला क्षण, सङ्घर्ष, सोच, प्रतिबद्धता र उनको सफलताको यात्रालाई समेटिएको उल्लेख गरे ।

‘आत्मजीवनी केवल एउटा जीवनको कथा होइन, यो एउटा समयको साक्षी पनि हो, एउटा यात्राको दस्ताबेज हो, जहाँ सङ्घर्ष, समर्पण र सफलताको कहानीसँगसँगै बगिरहेको हुन्छ । पुस्तकको शीर्षक ‘सङ्घर्षबाट सफलता’ स्वयं बोल्छ, यो यात्रामा दुःख छ, सङ्घर्ष छ, तर प्रतिबद्धतामा अडिग भई निष्ठापूर्वक इमान्दारी साथ कर्म क्षेत्रमा होमिएपछि अन्ततः उपलब्धि निश्चय नै प्राप्त हुन्छ’, पूर्वसचिव डा पाण्डेले भने । 

पुस्तकका लेखक डा श्रेष्ठले आफूसँग सकारात्मक सोच मात्रै छ भन्दै आफ्नो जीवनका सबै अवरोध पुस्तकमा समेटिएको बताए । 

प्राडा जगतमान श्रेष्ठले जीवन खोलाजस्तो सहजै बग्ने नभएको बताउँदै किताबमा समेत अप्ठ्यारो र कठिन परिस्थितिलाई समेटिएको बताए  । सरकारका पूर्वसचिव रामचन्द्रमान सिंहले जीवनको आठ दशकको हाराहारीमा पुग्दा पनि लेखक डा श्रेष्ठले आफ्नो सामाजिक दायित्व पूरा गर्दै इतिहास र भूगोलको सम्मिश्रणको गाथा समेटेर पुस्तक प्रकाशन गर्न सफल भएकामा कृतज्ञता व्यक्त गरे । 

संसद् सचिवालयका पूर्वसचिव तोयानाथ भट्टराईले पुस्तकमा प्राविधिक, सामाजिक, प्रशासनिक, साहित्यिक र आध्यात्मिक कुरालाई समेटिएको बताए । पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तक जीवनको भावना र यथार्थलाई चित्रण गर्ने माध्यम भएको उल्लेख गर्दै  यसमा जन्मेको समाज, संस्कृति र भूगोललाई समेटिएको छ भने । 
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ५९ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा