नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ « Khabarhub

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।

उक्त प्रकरणमा संलग्न भई फरार रहेका मधेस प्रदेशको रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जानकारी दिएको छ ।

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरुबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका बताए ।

उक्त घटनाको ठगी, कीर्ते र सङ्गठित अपराधमा संलग्न रही फरार हुँदै आएका खरेललाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप आवश्यक कारबाहीका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

खरेलविरुद्ध आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : १६ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र