टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

नेपाल टेलिकमको आज निरीक्षण तथा ‘एनटी फाइबर विद्यार्थी अफर’ घोषणा कार्यक्रममा मन्त्री खरेलले नेपाल टेलिकमलाई सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्न निर्देशन दिए ।

उनले भने, “सरकारको पहिलो प्राथमिकता निर्वाचन र सुशासन हो, त्यसैले अब टेलिकमको सेवालाई सुशासनसँग जोडेर हेर्नैपर्छ । सुशासनसँगै जोडेर मैले यो कुरा भनेको हुँ, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गर्नैपर्छ । छोटो अवधि भए पनि केही न केही काम गर्नुपर्ने यो सरकारलाई दबाब छ, चुनौती र ऊर्जा पनि छ ।”

सञ्चारमन्त्री खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिए । “टावरलगायत पूर्वाधारको काममा जो–जो ठेकेदारले समयमा नै काम नगरेर ‘होल्ड’ गरेका छन् उनीहरुको ठेक्का रद्द गरेर काम गर्ने ठेकेदारलाई जिम्मा दिनुपर्छ”, उनले भने ।

राष्ट्रको सञ्चार टेलिकमले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री खरेलले टेलिकमको कुनै पनि अफ्ठ्यारामा सरकार र मन्त्रीको सधैँ साथ सहयोग रहने विश्वास दिलाए । उनले भने, “टेलिकमको सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्ने छँदैछ तर टेलिकमले आफूलाई अब सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्नुपर्नेछ । सुशासनका सुखद समाचार जनमानसमा आउन जरुरी छ, यो मेरो अपेक्षा छ । टेलिकमलाई नेपालको अब्बल संस्थाका रुपमा स्थापित गर्न जरुरी छ ।”

मन्त्रालयमा टेलिफोन र इन्टरनेट प्रभावकारी नभएको गुनासो आइरहेको भन्दै मन्त्री खरेलले दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार र सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : २५ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो