जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ « Khabarhub

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।

घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगर, सल्यानको छत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली, घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका शरद् बस्नेत र घोराही–१३ का २५ वर्षीय सन्दीप घर्ती रहेका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालय तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ३३ बजे

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

प्रधानमन्त्री बालेन, पार्टी नेता रवि : रवि–बालेन सम्झौताका सात बुँदामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख