जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ « Khabarhub

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा मोटरसाइकल चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा घर भई हाल पोखरा–५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर भई पोखरा बस्ने २३ वर्षीय दीपक राना मगर छन्। उनीहरू भदौ २४ गतेको आन्दोलनका बेला लुटपाट, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

उनीहरूको साथबाट प्रहरीले डेल कम्पनीका तीनवटा सीपीयू, एकवटा मनिटर, किबोर्ड, माउस, प्रिन्टर, मल्टिप्लग सहित विभिन्न व्यक्तिका नाममा रहेका ३६ वटा सवारी चालक अनुमति पत्र बरामद गरेको जनाएको छ। साथै बा ५९ प ८४३८ नम्बरको पल्सर मोटरसाइकल पनि फेला पारिएको छ।

कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट चार दिनको म्याद थप गरी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, आन्दोलनकै क्रममा जिल्ला प्रहरी कार्यालय परिसरबाट सवारीसाधन चोरी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।जिल्ला ट्राफिक कार्यालय अगाडि पार्किङमा राखिएको ग ६ प २०६१ नम्बरको मोटरसाइकल चोरी गर्ने पोखरा–५ का विश्वराज परियार र पोखरा–१४ का देवकुमार लोदिया पक्राउ परेका हुन्।

उनीहरूले प्रहरी कर्मचारीकै मोटरसाइकल चोरी गरी चलाएको प्रहरीले जनाएको छ। दुवैजनामाथि चोरी सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल